Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

४१५ रुपैयाँको सामान किनेका गौरीशंकरले जिते १० लाख

४१५ रुपैयाँको सामान किनेका गौरीशंकरले जिते १० लाख


  • 400
    Shares

    ४१५ रुपैयाँको सामान किनेका गौरीशंकरले जिते १० लाख
    images

    काठमाडौं । बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

    आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरेको हो ।

    कात्तिक १ देखि १५ गतेसम्मको कारोबारका आधारमा छनोट गरिएका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम आज अर्थ मन्त्रालयको सिंहदरबारस्थित सुवर्ण हलमा सार्वजनिक गरिएको हो ।

    विभागले पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग ९एनपीएल० खेलिरहेका क्रिकेट खेलाडीलाई सहभागी गराएको थियो ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १२:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij