Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

रास्वपालाई हावामा भोट हालिएछ भन्ने कुरामा बुद्धिजीवीहरू प्रस्ट भइसके : प्रचण्ड

रास्वपालाई हावामा भोट हालिएछ भन्ने कुरामा बुद्धिजीवीहरू प्रस्ट भइसके : प्रचण्ड


  • 309
    Shares

    रास्वपालाई हावामा भोट हालिएछ भन्ने कुरामा बुद्धिजीवीहरू प्रस्ट भइसके : प्रचण्ड
    images

    काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई भोट हाल्नेहरूले हावामा हालिएछ भनेर जनताले बुझ्न थालिसकेको बताएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको आरोप लगाए।

    उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’

    उनले जागरण अभियानबाट सरकारको अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने बताए। सरकारविरुद्ध परिस्थिति हेरेर आन्दोलन गर्ने पार्टीको तयारी भइरहेको पनि बताए।

    उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग मधेस सरकारको स्थायित्वका लागि सघन छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने पनि बताए।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १२:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij