२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारको अवसर पारेर आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले नेपाली किसानले उब्जाएका फूल बिक्रीका लागि निश्चित स्थानहरू समेत तोकेको छ ।
काठमाडौं महानगरले नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्नरनगराउन आग्रह गरेको छ ।
सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने कडा चेतावनी महानगरले दिएको छ ।
महानगरपालिकाले सरोकारवाला निकायहरूसँगको समन्वयमा नेपाली किसानहरूले उत्पादन गरेका फूल तथा मालाहरू सहज रूपमा बेच्नका लागि विभिन्न मल, मार्ट, चौर र खुला स्थानहरू तोकेको छ ।
स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वररशंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल, चाबहिलरसिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स , चाबहिल गणेशस्थान तरकारी बजार, के.एल.टावर अगाडि, कालिमाटीरकलंकीरस्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबुरमाछापोखरीरनयाँ बजार क्षेत्रः माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर, गोङ्गबु बिग मार्ट तोकेको छ ।
त्यस्तै, हाँडीगाउँरमहाराजगञ्जरबालुवाटार क्षेत्रः हाँडीगाउँ ५ वडा अगाडिको डबली, हाँडीगाउँ ५ वडा गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट, बाँसबारी बिग मार्ट, सिटी सेन्टररकोर एरियास् काठमाडौँ मल ९सुन्धारा०, भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी , पुतलीसड, अनामनगर भाटभटेनी, न्युप्लाजा र अन्य स्थानहरूमा फोनेक्स टावर बत्तीसपुतली, तिनकुने चौर, कोटेश्वर स्मार्ट तोकेको महानगरले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij