Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 540
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ११:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij