२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । नेपालमा अर्नबु चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जाने भएको छ।
मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको जानकारी दिएका छन् ।
आइतबार बिहान तराईका भूभाग तथा काठमाडौं र पोखरालगायतका उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागे पनि त्यो विस्तारै हट्दै गएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा देखिएको हुस्सु पनि छिट्टै खुल्ने विभागले जनाएको छ।
आइतबार दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली रहे पनि समग्रमा मौसम सफा रहनेछ। हिमाली र पहाडी भेगका करिब १० प्रतिशत (धेरै कम) स्थानमा मात्रै सामान्य छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिएका छन्।
सोमबारको मौसम पनि सामान्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ। चक्रवातको प्रभाव हटेसँगै आगामी पाँच दिनसम्मका लागि मौसम पूर्वानुमान महाशाखाले हरियो रङुको चेतावनी जारी गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij