२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ९ गाईश्वारामा ट्याक्टर दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्।
वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भइ वालिङ – १० नै बस्ने ४३ बर्षीय प्रेम राना मगरको मृत्यु भएको हो।
गम्भीर घाइते उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिएका छन्।
दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर –१ का ३७ बर्षीय धनविर पुन मगर, वालिङ –१० का २० बर्षीय सुलभ परियार र ४६ बर्षीय झक बहादुर थापा घाइते भएका छन्।
उनीहरु प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij