Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर


  • 358
    Shares

    धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर
    images

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव नम्बरका गाडी चालक, ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, ३८ वर्षीय सन्तोष ठाकुर, ५९ वर्षीय राजकुमार शाह र २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्।

    स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो। प्रहरीले उक्त गाडीहरूमा ८ वटा पोकामा राखिएको करिब २ सय १० किलो गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १०:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij