Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सरकारी कार्यालय समय

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेपछि बन्द हुने

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेपछि बन्द हुने


  • 554
    Shares

    आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेपछि बन्द हुने
    images

    काठमाडौं । आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ। 

    सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। 

    आजसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको छ। हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्न लागिएको हो। 

    नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ। 

    गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ। 

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ०८:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij