२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । पोखरा एभेन्जर्सलाई आठ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ ।
यो जितसँगै टोलीले पाँच अंक जोड्यो । टोलीले तीन खेलमा दुईसहित उक्त नतिजा आत्मसाथ गरेको हो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
लुम्बिनीले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको ९८ रनको लक्ष्य ११.४ ओभरमा पूरा गर्यो ।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा समान तीन चौका र छक्का प्रहार गरे ।
अविजित रहेका निरोश डिक्वेलाले २७ रन जिते । यी दुईले ७७ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । ओपनर डार्सी सर्टले १३ रन बनाए ।
पोखराका लागि विपिन खत्रीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij