Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

भन्सार घोषणाभन्दा ४४ क्यारेट बढी माछा भेटिएपछि ट्रक नियन्त्रणमा

भन्सार घोषणाभन्दा ४४ क्यारेट बढी माछा भेटिएपछि ट्रक नियन्त्रणमा


  • 491
    Shares

    भन्सार घोषणाभन्दा ४४ क्यारेट बढी माछा भेटिएपछि ट्रक नियन्त्रणमा
    images

    काठमाडौं । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

    प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो ।

    बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

     

     

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १६:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij