Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन : रवि लामिछाने

सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन : रवि लामिछाने


  • 456
    Shares

    सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन : रवि लामिछाने
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

    बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए ।

    सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कमी नरहेको उनले बताए ।

    सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको लामिछानेको भनाइ छ । कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेको उनले बताए ।

    प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थाहरूलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ । परिवक्व ढंगले अघि बढ्नुपर्नेजस्ता प्रश्न आउन नदिने गरी सरकारले विधिको शासनअनुसार चल्न ध्यान दिनुपर्ने उनले बताए । 

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १८:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij