Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

केएस भरतले एनपीएल नखेल्ने, काठमाडौं गोर्खाजबाट बाहिरिए

केएस भरतले एनपीएल नखेल्ने, काठमाडौं गोर्खाजबाट बाहिरिए


  • 610
    Shares

    केएस भरतले एनपीएल नखेल्ने, काठमाडौं गोर्खाजबाट बाहिरिए
    images

    काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन नखेल्ने भएका छन्। काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत भरत यस सिजन टोलीमा आबद्ध नहुने जानकारी दिएको हो।

    क्लबका अनुसार व्यस्तताका कारण भरत यस सिजन टोलीसँग जोडिन नसक्ने भएका हुन्। गोर्खाजले उनको उज्ज्वल भविष्यको कामनासमेत गरेको छ।

    ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्।

    भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्। उनी सन् २०२४ को आईपीएल उपाधि विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए।

    काठमाडौं गोर्खाजले गत भदौमा उनलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको थियो।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १०:२२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij