Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै


  • 484
    Shares

    नेपाल प्रिमियर लिग : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछन्।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

    अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ ।

    जनकपुर तालिकाको चौथो स्थानमा छ । समान अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा अगाडि छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुरले पाँचौ खेल खेल्दै छ ।

    त्यस्तै आजै साँझा ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्दै छन्। दुई खेलमा एक हार र एक जित निकालेको काठमाडौँ दोस्रो जितको खोजीमा छ ।

    दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

    चार खेलमा दुई जित निकालेको विराटनगर किंग्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - ०७:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij