२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।
एनपीएलका २ भेटमा दुबै टोलीले एक–एक खेल जितेका छन्। पहिलो सिजन जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो।
दोस्रो सिजन भने लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराएको थियो।
लुम्बिनीले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरले भने २ खेलाडी परिवर्तन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij