Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य

लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य


  • 358
    Shares

    लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे।

    त्यस्तै, आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाए भने शामिन हुसेनले १३ रनको योगदान दिए। ओपनर डार्शी सर्ट भने खेलको पहिलो बलमै आउट भए।

    रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन बनाए। सन्दीप जोराले ९ रन जोडे।

    जनकपुरका लागि स्पिनरले ४ तथा तीव्र गतिका बलरले ३ विकेट लिए। विशाल सुशलिङ र राहुल यादवले समान २ विकेट लिए भने कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट हात पारे।

    अब जनकपुर बोल्ट्सले जितका लागि १५० रन बनाउनुपर्नेछ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १४:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij